पिरतीले छुँदैछ शिल्पा पोखरेललाई (भिडियो)



काठमाडौं । तारा प्रकाश लिम्बू र कविता शिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ ।

ताराप्रकाश र कविताको 'दुनुमुनु दुनुमुनु हेला जस्तो छ पिरतीले छोला जस्तो छ...' बोलमा रहेको गीत सार्वजनिक भएको हो ।

आसुतोष भारद्वाजको शब्द रहेको उक्त गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ ।

निश्चल केसीको निर्देशन रहेको भिडियोमा नायिका शिल्पा पोखरेल र सुरज श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेका हुन् ।

शिल्पा पोखरेल र सुरज श्रेष्ठलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ । भिडियो सम्पादन बिकाश ज्ञवालीले गरेका हुन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV