हाँस्दाहाँस्दै रुवाउने 'सक्किगोनी' (भिडियो)



काठमाडौं । हाँस्य टेलिश्रिंखला सक्कीगोनीको भाग ३ प्रशारणसम्म आइपुग्दा यस टेलिश्रिंखलाको लोकप्रियता निकै बढेको छ । ३ भागमै यतिको चर्चामा आउनुको कारण पहिलेको चर्चित भद्रगोल पनि हो ।

मिडिया हबसँग कुरा नमिलेपछि कुमार कट्टेल (जिग्री) तथा अर्जुन घिमिरे (पाडे) ले सक्किगोनी नामक टेलिश्रिंखला लिएर आएका हुन् । सक्किगोनीमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । कथा, सम्वाद तथा कलाकारको उत्कृष्ट अभिनयले सबैको मन जितेको छ ।

यसैबीच हिजो (बिहीबार) प्रशारण भएको तेस्रो एपिसोडमा दर्शकहरु हाँस्दाहाँस्दै भावुक भए । दशैंको रमाइला संवाद र दृश्यबाट सुरु भएको यो श्रिंखला अन्त्यमा वैदेशीक रोजगारीको पीडामा पुगेर टुंङ्ग्याइएको थियो ।

सक्किगोनीको तेस्रो भागमा (युट्युवमा) लगगभ पाँच हजार कमेन्ट आएका छन् भने, पाँच लाख २२ हजारभन्दा बढीले हेरिसकेका छन् । अधिकांश प्रतिक्रियामा सक्किगोनीको यो भाग निकै उत्कृष्ट भएको दर्शकले दिएका छन् ।

हिजो प्रशारित श्रिंखलामा पात्र वरिष्ठेले पाडे र धतुरेलाई खोरमा बाँधेको, पाडेले जयन्तेलाई भेँडा बनाएर बिक्री गरेको, बले र कक्रोज वैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रीमतीसँग नजिकिन खाजेको रमाइला दृश्य र सम्वाद प्रस्तुत छ । तर दसैंको पूर्वसन्ध्यामा एदुमे विदेश जानुपर्ने बाध्यतामा पर्नु र विदेश गएका पुरुषको शव बाकसमा आएको दृश्यले सबैलाई स्तब्ध बनाउँछ ।

जुन औंलाले भोट त्यही औंलाले विदाई

छोरा यदुमेलाई विदाइ गर्ने क्रममा काकुले भनेका शब्द वास्तविक छन्, दसैंको मुखमा यसरी टिका लगाएर बिदा गर्नुपर्दा मलाई दुख लागेको छैन, छोरा । कुनै पनि नेपालीले विदेशिनु नपरोस् भनेर यही औंलाले धेरैपटक भोट हालें मैले । दसैंको मुखमा आज आफ्नै छोरालाई श्रम बेच्न पठाउन यही औंलाले टिका लगाउँदैछु 

आफ्नै देशमा मर्न पाइयोस्

श्रिंखलाको अन्त्यमा सन्देश पनि दिइएको छ, बैंकमा आउने रेमिट्यान्स मात्र हेरेर मात्र हुँदैन त्रिभुवन विमानस्थलमा काठको बाकसमा आउने लाश हेर्नुपर्छ । बाकसमा लाश मात्र होइन देशको लाचारता पनि सँगै आउँछ । हामी नेपालीको यही चाहना छ कि सरकार आफ्नै देशमा केही गर्न पाइयोस् । आफ्नै देशको माटोमा मर्न पाइयोस् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV