चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे बोले झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु ठूलो अवसर भएकाले परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक तयारी गर्नुपर्ने बताएका छन् ।

मुलुकको महìवपूर्ण कुरा भएकाले सुरक्षाको सन्दर्भमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने औँल्याउँदै उनले भ्रमणलाई सफल बनाउन कुनै कदम बाँकी राख्न नहुने बताए । आजको गोरखापत्र दैनिकमा झलनाथ खनालसँगको कुराकानी प्रस्तुत गरिएको छ ।

व्यग्र प्रतीक्षामा छौँ

नेपाल र चीन दुईवटा छिमेकी मुलुक हुन् । दुवै देश हिमालयबाट जोडिएका छन् । पहाड र पर्वतबाट जोडिएका छन् । नदी र नालाबाट जोडिएका छन् । अनेकन महìवपूर्ण ‘इकोलोजिकल जोन’हरूबाट जोडिएका छन् । जनता मात्र एकआपसमा आवतजावत गर्दैनन्, सीमाबाट हाम्रा अनेकन महìवपूर्ण वन्यजन्तुहरू, चराचुरुङ्गीहरू पनि आउने–जाने गर्छन् ।
प्राचीनकालदेखि नै हाम्रो सम्बन्ध चीनसँग रहिआएको छ । हामीले प्राचीनकालदेखि नै यो सम्बन्धलाई निरन्तर विकास गर्दै आइरहेका छौँ । यो सम्बन्ध विकास गर्ने क्रममा अनेकन ऐतिहासिक व्यक्तित्वले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । जस्तै– अरनिको, भृकुटी र विभिन्नले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । हाम्रो देशबाट बुद्धिजमको सुरुआत भयो । यसले पनि दुई देशलाई धार्मिक तथा सांस्कृतिक रूपले घनिष्ठता बनाएको छ ।

खुलापन देखाउनुपर्छ

चीनजस्तो एउटा विशाल शक्तिका राष्ट्रपतिसँग कुराकानी गरिरहँदा स्वाभाविक रूपले हाम्रा देशका कार्यसूची आउँछन् । ती विकासका कार्यसूची भनेको अहिले राजमार्ग निर्माण गरिरहेका छौँ, त्यसको प्रस्ताव गर्नुपर्ने हुन्छ ।
त्यसैगरी हामी हाम्रो जलस्रोतको विकास गरिरहेका छौँ । विभिन्न जलविद्युत् योजनाका कुरा अघि बढाउनु पर्छ । हाम्रो देशमा प्रचूर मात्रामा जलविद्युत् उत्पादन हुनसक्छ र हामी छिमेकी देशहरूसँग त्यो जलविद्युत् प्रसारण गर्न सक्छौँ । त्यसका लागि ट्रान्समिसन लाइनको कुरामा जोड दिनसक्छौँ ।

अहिले विश्वमा कनेक्टिभिटीको कुरा अत्यन्त जोडदार रूपमा उठिरहेको छ । नेपाल र चीनका बीचमा पनि ‘कनेक्टिभिटी’लाई जोड दिनुपर्ने आवश्यकता छ । सडक ‘कनेक्टिभिटी’ले मात्र पुग्दैन । हामीलाई विद्युत् र दूरसञ्चार ‘कनेक्टिभिटी’ मात्रले पनि पुग्दैन, ‘रेलवे कनेक्टिभिटी’ पनि चाहिन्छ । यो रेलवे ‘कनेक्टिभिटी’ अहिले एउटा दुई देशका बीचमा अत्यन्त महìवपूर्ण मुद्दाका रूपमा रहिरहेको छ । यीबाहेक अन्य विभिन्न शैक्षिक क्षेत्रमा विश्वविद्यालय निर्माण गर्ने कुरामा पनि सहकार्यका लागि छलफल गर्न सक्छौँ ।

काठमाडौँको चक्रपथ निर्माण गर्ने काममा पनि चीनको सहयोग छ । बाहिरी चक्रपथ निर्माणको क्रममा पनि चीनको सहयोगको अपेक्षा नेपालले लिनुपर्ने हुन्छ । यस्ता विविध क्षेत्रहरूमा दुई देशका बीचमा विकासका सम्भावना छन् । ध्यान केन्द्रित गरेर वार्तामा खुलापन देखाउनुपर्छ ।

चीन र नेपालको व्यापार सम्बन्ध धेरै लामो समयदेखि कायम छ । हामीले किराँतकालदेखि नै सम्बन्धलाई विकास गर्दै आएका छौँ । व्यापारिक सम्बन्धका क्षेत्रमा विकासका जुन व्यापक सम्भावना छन्, तिनलाई केलाउन र उपयोग गर्ने वातावरण बनाउनु पर्छ । दुई देशको व्यापारमा अझै पनि हामी घाटामा छौँ । त्यो घाटालाई पुरताल गर्न चीनले धेरै ठूलो सहुलियत घोषणा गरेको छ । आठ हजारभन्दा बढी वस्तुको भन्सार शुल्क निःशुल्क गरे पनि ती वस्तु चीनमा निकास गर्न सकेका छैनौँ, जसका लागि नेपालका उद्यमी, व्यापारीले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV