दसैंमा खाने हो, तर यसरी खानुहोस्


SHARES

काठमाडौं । दशैँ भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैँ मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् । वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्रा.डा. उमा कोइरालाले दशैँमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताइन्।

पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिइन् । अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत वहिष्कृत हुनु परेका धेरै उदाहरण छन् ।

चाडपर्वका अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ ।

गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मनसक्ने चिकित्सकको भनाइ छ ।

पोषणविद् प्रा.डा. उमा कोइरालाले मासु र मदिराभन्दा काँक्रो, मुला, गाँजरजस्ता खाना खान सुझाव दिइन् । उनले त्यससँगै हरियो सागपात र फलफूल खान सुझाव दिइन् ।

खानासँगै दैनिक एक घन्टा पैदल हिँड्ने र शारीरिक व्यायाम गर्नुपर्ने भन्दै उनले मासुजन्य खानेकुराभन्दा सागपात र फलफूल धेरै खानुपर्ने बताइन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ २१ गते, बुधबार

menu LIVE TV