बिरामी नेपालीलाई नेफिन मलेसियाको सहयोग



मलेसिया । आदिवासी जनजाति महासंघ (नेफिन) मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ ।

मलेसियामा अवैधानिक रुपमा बस्दै आएका फेदाप–१, तेह्रथुम निबासी निशान कुरुङवाङ बिरामी भएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा डाक्टर हरुको चेकजाँचपछि दुबै मिर्गौलाले काम छोडेकोले छिटोभन्दा छिटो बिरामीलाई नेपाल फर्काउन अस्पतालले नेपाली दूतावासलाई आग्रह गरेको थियो । अस्पतालको आग्रहपछि बिरामीको उपचार खर्च दूतावासले व्यहोर्ने गरी बिरामीलाई नेपाल फर्काउन को लागि हवाईटिकट उपलब्ध गराउन आदिवासी जनजाति महासंघ मलेसियालाई अनुरोध गरेको थियो ।

नेपाली दुतावासको आग्रहपछि महासंघले हवाईटिकट उपलब्ध गराइदिएर बिरामीलाई नेपाल पठाउन सहयोग गरेको हो । सो सहयोगपछि नेपाल दुतावासका सहायक राजदुत मोति श्रीस मगरले महासंघको टीमलाई धन्यवाद ज्ञापन गरे ।

बिरामी अक्टोबर ८ तारिख इन्डिको एयरलाइन्स मार्फत नेपाल फर्किदै छ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV