घर छाडेर जाँदै हुनुहुन्छ ? प्रहरीलाई जानकारी दिनुहोस्



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँमा घर वा डेरा खाली छोडेर काठमाडौंबारिह जानुअघि प्रहरीलाई जानकारी दिनु आग्रह गरेको छ ।

दसैँमा घर छाडेर जाँदा चोरी हुने सम्भावना प्रवल रहने भएकाले घरको सुरक्षाका लागि प्रहरीलाई जानकारी दिन आग्रह गरेको हो । प्रहरीले सर्वसाधरणलाई आफ्नो घरको ठेगाना र कति दिनका लागि घर जान लागेको लगायतका जानकारी दिन अनुरोध गरेको छ । यसो गर्दा घरको सुरक्षा साथै चोरी डकैतीबाट बच्न सकिने महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

डिएसपी बोगटीले घर वा डेरा छोडेर जाने खबर सामाजिक सञ्जालमा नराख्न समेत सुझाव दिए । चाडपर्व जस्ता विशेष अवस्थामा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, सवारी दुर्घटनाजस्ता घटना बढी प्रहरीले जनाएको छ ।

यही कुरालाई मनन गर्दै सर्वसाधरणमा सुरक्षाको अनुभूति दिलाउन विशेष सुरक्षा योजना तयार गरिएको प्रवक्ता बोगटीले बताए । चाडबाडलाई लक्षित गरेर सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, वित्तीय संस्था, यातायात सञ्चालन हुने स्थान, व्यपारिक कारोबार हुने स्थान आदिमा विशेष सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

परिसरले दसैंका लागि राजधानीबाट बाहिरिनेका घर तथा डेराको सुरक्षाका लागि आफ्ना मातहतका निकायलाई असुरक्षित मानिएका घरको सूचना संकलन गरी सुरक्षा दिने योजना बनाएको छ । त्यसका लागि घर जानुपूर्व आफ्नो घर नजिकै रहेको प्रहरी कार्यालयमा प्रहरीले मागेको जानकारी दिनुपर्ने छ । घरमा महँगा गरगहना, नगद भने नराख्न प्रहरीको सल्लाह छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV