महरालाई हुनसक्छ तीनवर्ष जेल !




काठमाडौं । यौन दुव्र्यहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आरोप पुष्टि भएमा तीनवर्ष जेल हुन सक्ने भएको छ ।

रोशनी शाहीले महराविरुद्ध शुक्रवार किटानी जाहेरी दिएका कारण प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ । दसँैपछि वा दसैँअघि पक्रिने भन्नेमा अन्यौल छ ।

तर आइतबार नै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रहरीको तयारी रहेको छ । मुलुकी अपराध संहिता २०७४अनुसार आरोप पुष्टि भएमा महरा कम्तीमा पनि तीनवर्ष जेल जानु पर्ने भएको छ ।
आइतबार प्रहरीले थप अनुसन्धान अगाडि बढाउने आजका पत्रपत्रिकामा खबर छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV