अनुगमन नहुँदा तरकारीको मूल्य आकाशियो



काठमाडौं । दसैँमा तरकारीको मूल्य ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

अष्टमीको दिन काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैँमा आवागमन ठप्प भएपछि व्यापारीहरुले तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको छ ।

कालीमाटी तरकारी होलसेल बजारमा लसुनको मूल्य प्रतिकेजी १२० रुपैयाँ रहेको छ । बाहिर अन्य पसलहरुमा लसुनको मूल्य व्यापारीहरुले प्रतिकेजी १६० सम्म पु¥याएका छन् । त्यसैगरी अदुवाको मूल्य पनि प्रतिकेजी २४० रुपैयाँ पु¥याइएको छ ।

कालीमाटी होलसेल बजारमा खोर्सानी प्रतिकेजी ३८० रुपैयाँमा बिक्री गरिएको छ भने यसलाई बजारमा ४०० रुपैयाँसम्म बिक्री गरिएको छ । विशेष गरी दसैँमा सवारी साधान नचलेपछि तरकारीको आपूर्तिमा पनि कमी आएको छ ।

यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दसैँका लागि उपभोक्तालाई अतिआवश्यक पर्ने बस्तुहरुको मूल्य ह्वात्तै बढाइएको हो । बस्तुको मूल्य ह्वात्तै बढ्दा यस वर्षको दसैंमा मारमा पार्नु परेको आम उपभोक्ताको गुनासो छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV