काभ्रेमा वडा अध्यक्ष मिलन लामामाथि गोली प्रहार



काठमाडौं । काभ्रे जिल्लाको रोशी गाँउपालीका वडा नं ११ का वडा अध्यक्ष माथि गोली प्रहार भएको छ । आइतबार राती वडा अध्यक्ष मिलन लामालाई गोली प्रहार भएको प्रहरी जनाएको छ ।

लामामाथि गोली प्रहार भएपनि कुनै चोट भने लागेको छैन । दसैंको अवसरमा गाउँपालीकामा हुने फुटबल प्रतियोगीताको बिषयमा विबाद हुँदा मिलनकै आफन्त अनुप बुद्ध लामाले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना लगतै मंगलटारबाट प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको थियो । घटनापछि गोली प्रहार गर्ने व्यक्ति भनिएका अनुप बुद्ध लामा फरार रहेको र खोजी कार्य जारी रहेको काभ्रेका डिएसपी दिपक गीरीले जानकारी दिए । प्रहरीको अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV