दसैँको टीका: कतै रातो कतै सेतो


SHARES

काठमाडौं । आज वडादसैँको मुख्य दिन ‘विजया दशमी’ । नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइ रहेको छ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

यस वर्षको टीकाको शुभ साइत बिहान १०ः३५ मा थियो । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । यस्तै, रातो टिका लगाउने मात्रै नभएर विजया दशमीमा सेतो टिका र खदा लगाउनेको पनि उस्तै चहल पहल छ ।
हिन्दुहरुले रातो टीका र जमरा लगाएका छन् भने गैर हिन्दुहरुले सेता टीका सहित खादा लगाएर सामाजिक सञ्जालमा तस्विर राखेका छन् । बौद्धमार्गीहरुले दहीमा मुछेको सेतो टीका मात्रै प्रयोग गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ २१ गते, बुधबार

menu LIVE TV