जापानमा नेपालीहरुको दसैँः ‘निधारमा टीका, मनमा नेपाल’



काठमाडौँ । जापानमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु र विभिन्न कम्पनीमा कार्यरत कर्मचारी नेपालीहरुले वडादशैँ मनाएका छन् । जापानको चिबा फुनावासिमा सिन्धुपाल्चोक र गोर्खा घर भएका नेपालीहरुले भेटघाट सहित दसैँको टीका लगाएका हुन् ।

सिन्धुपाल्चोक घर भएका हाल चिवा बस्दै आएका दावा छिरिङ तामाङका अनुसार जापानमा रहेका नेपालीहरुले विभिन्न क्षेत्रमा दसैँ मनाएका छन् । जापानको राजधानी टोक्यो सहित नेपालीहरु रहेका क्षेत्रमा वडादसैँ मनाएको तामाङले नागरिक खबरलाई जानकारी दिए । 

चिवामा भएको दसैँ भेटघाटमा राजु लामाले टीका लगाइ दिएको तामाङको भनाई छ । उनका अनुसार जापनामा दसैँ मनाउनेहरुले निधारमा टिका लगाएर मनमा नेपाल सझने गरेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV