जेठानीको छुरा प्रहारबाट देउरानीको हत्या



धनुषा । औरही नगरपालिका–१ झिटकैयामा जेठानीले छुरा प्रहार गरी देउरानीको हत्या गरेकी छन् ।

झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षीया सुनौल खातुनले घरायसी विवादमा आफ्नै देउरानी २२ वर्षीया सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार साँझ जेठानी सुनौलले देउरानी सहानीको शरीरको विभिन्न ठाउँ गरी पाँच ठाउँमा छुरा प्रहार गरेकी थिइन् । त्यसपछि जेठानी सुनौलले आफ्नै पेटमा समेत छुरा प्रहार गरी घाइते भएकी छन् । उपचारको क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा उपचारको लागि ल्याउने क्रममा देउरानी सहानीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अञ्चल अस्पतालको आइसियुमा भइरहेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV