यसकारण हुन्छ बच्चा जन्माउदा महिलालाई पिडा



बीबीसी : महिलाको लागि बच्चालाई जन्म दिनु निकै लामो र पीडादायी प्रकिया हुन्छ । लामो समयको सुत्केरी व्यथाले महिलालाई धेरै पिडा हुने गर्दछ । तर आज भन्दा २० लाख बर्ष पहिले भने महिलालाई बच्चा जन्माउन सजिलो हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

आजभन्दा झन्डै साढे १९ लाख वर्षअघि दक्षिण अफ्रिकामा विचरण गर्ने अस्ट्रेलोपिथेकस सेडिबा नामक प्रजातिमा ‘बच्चा जन्मिने प्रक्रिया तुलनात्मक रूपमा सहज’ भएको अनुसन्धानकर्ता डा. न्याटली लौडिसिना बताउँछिन् ।

‘भ्रुणको टाउको र काँधलाई आमाको कोखको सबैभन्दा साँघुरो भाग हुँदै बाहिर निस्किन पर्याप्त ठाउँ पुग्थ्यो’, उनी भन्छिन् ‘तर वर्तमान समयमा परिस्थिति भिन्न छ । अहिले भ्रुणको टाउको ठूलो हुने भएकाले तथा आमाको कटिको आकार र आकृतिका कारण बच्चा जन्मिन गाह्रो हुन्छ ।’

महिलालाई सुत्केरी व्यथा लागेपछि बच्चा गर्भबाट सोझै बाहिर ननिस्किएर केही चोटि घुम्छ ।

बस्टन विश्वविद्यालयमा कार्यरत मानवशास्त्री लौडिसिनाका अनुसार लुसी नाम दिएकी पोथी अस्ट्रेलोपिथेकस अफारेन्सिसमा बच्चा जन्माउने प्रक्रिया अस्ट्रेलोपिथेकस सेडिबामा भन्दा जटिल थियो ।

भ्रुणको आकारको तुलनामा गर्भबाट बाहिर निस्किने मार्ग साँघुरो भएकाले त्यसो भएको मानिएको छ । उक्त पोथी अस्ट्रेलोपिथेकस अफारेन्सिस उपर्युक्त प्रजातिभन्दा झन्डै १० लाख वर्षअघि अस्तित्वमा थिए ।

प्राचीन जीवावशेषको अध्ययनमा लाखौँ वर्षअघि मानवजस्तै जीवलाई बच्चा जन्माउन ‘धेरै सजिलो’ भएको देखिएको छ ।

आधुनिक कालमा कहिलेदेखि बच्चा जन्मिने प्रक्रिया जटिल भयो भन्ने प्रश्नको उत्तर दिँदै लौडिसिना मानव वंशवृक्षका प्रत्येक जीवावशेषमा छुट्टै प्रसूतिजन्य चुनौतीहरू देखा परेको बताउँछिन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV