श्रीलंका र पाकिस्तानसँगको टी–ट्वेन्टी सिरिजका लागि अष्ट्रेलिया टोलीको घोषणा



एजेन्सी । अष्ट्रेलियाले टी–ट्वेन्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ । अष्ट्रेलियाका राष्ट्रिय चयनकर्ता ट्रेभोर होन्सले आरोन फिन्चको कप्तानीमा श्रीलंका र पाकिस्तान विरुद्ध घरेलु सिरिजका लागि १४ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

अष्ट्रेलियाले श्रीलंका र पाकिस्तानसँग समान ३–३ खेलको टी–ट्वेन्टी सिरिज खेल्नेछ ।

टोलीमा स्टेभन स्मिथ, डेविड वार्नर र मिचेल स्टार्कले पुनरागमन जनाएका छन् । भारतविरुद्ध खेलेका मर्कुस स्टोइनिस, शन मार्स, डि आर्चि सोर्ट, झाय रिचर्डसन, पिटर ह्याण्डस्कोम्ब, नाथान कोल्टर निल, नाथान लायोन टोलीमा परेका छैनन् ।

घरेलु क्रिकेटमा उत्कृष्ट पर्दशन गरेका बिल्ली स्टानलेक, बेन म्याकडर्मोट, केन रिचर्डसन टोलीमा परेका छन् ।

श्रीलंकाविरुद्ध २७ अक्टोबरमा पहिलो, ३० अक्टोबरमा दोस्रो तथा १ नोभेम्बर अन्तिम खेल खेल्नेछ । यस्तै, पाकिस्तानसँग ३, ५ र ७ नेभेम्बरमा खेल्नेछ ।

अष्ट्रेलिया टोली

आरोन फिन्च (कप्तान), एस्टोन अगर, एलेस्क क्यारी, प्याट क्यमिन्स, ग्लैन म्याक्सवेल, बेन म्याकडर्मोट, केन रिचर्डसन, स्टेभन स्मिथ, डेविड वार्नर, बिल्ली स्टानलेक, मिचेल स्टार्क, एष्टन टर्नर, एन्ड्रयू टाय र एडम जम्पा ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV