किरणबाबु पुनको तिहार गीत -हजुरको दैलोमा (भिडियोसहित)



काठमाडौं – सर्जक किरण बाबु पुनको तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । शंकरा डिजिटल स्टुडियोले व्यवस्थापन गरेको छ गीतको भिडियोलाई गायक पुनको व्यक्तिगत यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक तथा सर्जक पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन् । गीतमा गायक पुनसँगै, तुलसी घर्ती, करिश्मा घर्ती, तुलसा पुन (घर्ती) र वीरता पुनको स्वर रहेको छ ।

भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषासहितको अभिनय रहेको छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ गरेका छन् । भिडियोको निर्देशन खब्पु चञ्चल मगरले गरेका छन् । सागर गौतम र राजेश बिसीले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV