चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको औपचारिक घोषणा (विज्ञप्तिसहित)


SHARES

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गरेर राष्ट्रपति सीले शनिबार र आइतबार गरी दुईदिने नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइबाट शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ । ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ’, विज्ञप्तीमा भनिएको छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षरसमेत हुने पनि परराष्ट्रले जानकारी दिएको छ ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

यसअघि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने भनिए पनि औपचारिक जानकारी दिइएको थिएन । बुधबार विहान नै भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर राष्ट्रपति सीले ११ र १२ अक्टोबरमा भारत भ्रमण गर्ने जानकारी दिएको थियो ।

राष्ट्रपति सी भारत भ्रमण सकेर नेपाल भ्रमणका लागि आउने छन् । उनी यस भ्रमणको क्रममा भारत र नेपाल दुवै देशमा एक एक रात बिताउने छन् । राष्ट्रपति सीको नेपाल भ्रमण चीनबाट २३ वर्षपछि राष्ट्रप्रमुखको भ्रमण हो ।

  

At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal
09 October 2019


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV