नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा


SHARES

काठमाडौं । ईरानमा हुने एएफसी फुटसल छनोट च्याम्पियनसिपका लागि १४ सदस्यीय राष्ट्रिय फुटसल टोलीको घोषणा गरिएको छ ।

दोस्रो चरणमा छनोट भएका १८ जना खेलाडीबाट अन्तिम १४ सदस्यीय टिमको घोषणा गरिएको हो । मुख्य प्रशिक्षण विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले राष्ट्रिय फुटबल खेलाडी विजयी गुरुङसहित १३ खेलाडीको छनोट गरेका छन् ।

ईरानमा हुने एएफसी फुटसल छनोट च्याम्पियनसिपमा नेपाल सहित ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् ।

नेपालले पहिलो खेल ताजकिस्तानसँग कात्तिक ६ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा उज्वेकिस्तानसँग कात्तिक ७ गते खेल्नेछ । अन्तिम खेल अफगानिस्तानसँग कात्तिक ८ गते खेल्नेछ ।

छनोटको शीर्ष टिम फाइनल चरणमा छनोट हुनेछन् । फाइनल चरणको खेल भने २७ फेब्रुवरी ८ मार्च सम्म तुर्कमेनिस्तानमा हुनेछ ।

नेपाली खेलाडी
अनिष श्रेष्ठ
सुमित आले
सन्जोग चाम्लिङ राई,
सरोज तामाङ
आदिल हमिद
अभय राना
आरुज सिंह
विजय श्रेष्ठ
विजय गुरुङ
सरोज गुरुङ
बिनोद गुरुङ
आशिष लामा
मणी लामा
निर्मल गुरुङ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ २१ गते, बुधबार

menu LIVE TV