टी–ट्वेन्टी सिरिज :  आयरल्याण्डले दियो नेपाललाई १४६ को लक्ष्य



एजेन्सी । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत खेलमा आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य दिएएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको हो । आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलरहरुले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्ड ठूलो योगफल बनाउनबाट बञ्चित रह्यो ।

आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने, पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।

यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV