प्रहरी महानिरीक्षक खनालले लगाइदिए टीका



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा जवानहरु, पूर्वप्रहरी कर्मचारी एवं प्रहरी परिवारलाई टीका लगाइदिएका छन् ।

प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित सबैलाई खनालले टीका लगाइदिएका हुन् । टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरे ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुका साथै टीका ग्रहणका लागि उपस्थितलाई जमरा तथा प्रसाद प्रदान गरेकी थिइन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV