पर्यटक लोभ्याउँदै शाश्वत धाम (फोटो फिचर)



नवलपरासी । नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र रहेको शाश्वतधाम पुग्ने पर्यटकहरुको संख्या बढ्दो छ ।

सवारी साधनबाट ओर्लेर टाढा जानु नपर्ने, सुन्दर, शान्त यस ठाउँमा पुग्दा आनन्द लागेको आगन्तुक बताउँछन् । धामको दर्शन, पूजाआजा गर्न समेत पाइने यस धाम प्रवेशमा शुल्क लाग्दैन ।

पछिल्लो समय यस धाम वृद्धवृद्धा, बालबालिका र युवायुवतीको आकर्षणको केन्द्र बन्दै गएको छ शाश्वतधाम । चौधरी ग्रुपले आफ्नो उद्योगको आडमा निर्माण गरेको शाश्वत धाम अहिले धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य बनेको छ ।

नारायणगढबाट सवारी साधनमा ३० मिनेटमा पुगिने धाम जान सहज रूपमा सवारी साधन पाइने र निजी साधनबाट पनि सजिलै पुग्न सकिने भएकाले धेरैको आकर्षणको केन्द्र बनेको हो । बिदाको दिन र अन्य समयमा पनि मन्दिरको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV