टी–ट्वेन्टी सिरिजः आयरल्याण्डसँग नेपाल पराजित



काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत नेपालले पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा आयरल्याण्डसँग नेपाल १३ रनले पराजित भएको छ ।

सामान्य सुरुवात गरेका नेपालको स्कोर १०० रन हुँदा मात्र तीन विकेट गुमाएको थियो । पन्ध्रौं ओभरबाट विकेट पतन सुरु भएको नेपालको १९ ओभर पाँचबलमा १३२ रनमा समेटिएको थियो । नेपालका आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्र सिंह ऐरीले १९ तथा अन्त्यमा करण केसीले १६ रन बनाए ।

यसअघि अल अम्रेट क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रन जोडे ।

नेपालका सन्दीप लामिछाने, पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपालले अन्तिम खेल बिहिबार आयोजक ओमनसँग खेल्नेछ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV