काठमाडौंमा बढ्यो चहलपहल (फोटो फिचर)



  • युद्ध मेवाहाङ

काठमाडौं । बडादसैँको मुख्य दिन दशमी अर्थात् टीकाको दिन गएपछि संघीय सरकारको राजधानी काठमाडौंमा चहलपहल बढ्न थालेको छ ।

विभिन्न पेशा व्यवसाय, पढाइका लागि काठमाडौं उपत्यकामा बस्दै आएका सर्वसाधरणहरु दसैँको बिदामा आ–आफ्ना गाउँघर जाने गर्दछन् । उनीहरु टीका सकिएपछि फर्किन थाल्छन् । काठमाडौं उपत्यका आसपासका मानिसहरु दशमीका दिन मान्यजनहरुबाट टीका तथा जमरासहित आशीर्वाद लिएपछि फर्किन थाल्छन् ।

गाउँघरबाट फर्किने बढेपछि काठमाडौं छिर्ने मुख्य ठाउँ कलंली, कोटेश्वरमा सवारीसाधनको चाप बढ्ने थालेको छन् । केही दिन सुनसान झै बनेको काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन बाक्लो देखिन थालेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV