चिनियाँ राष्ट्रपतिको छिमेक यात्रा : नेपालको राजकीय, भारतको अनौपचारिक !


SHARES

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछन् । उनको यो भ्रमण चीनबाट राष्ट्रप्रमुख तहबाट २३ वर्षपछि हुन लागेको हो ।

राष्ट्रपति सी बेइजिङबाट सिधा उडानमा काठमाडौं आउने भने छैनन् । उनले शुक्रबार भारतको भ्रमण गर्नेछन् । उनी राजधानी दिल्ली होइन, चेन्नाइ पुग्नेछन् । उनी चेन्नाइबाट शनिबार दिउँसो काठमाडौं अवतरण गर्नेछन् र आइतबार अपरान्ह बेइजिङ प्रस्थान गर्नेछन् ।

दुई छिमेकी मुलुकको एकसाथ भ्रमण गर्न लागे पनि राष्ट्रपति सीको नेपाल भ्रमण राजकीय हो भने भारतको राजकीय भ्रमण होइन । चेन्नाइमा चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दोस्रो अनौपचारिक वार्ता हुनेछ ।

विशाल अर्थतन्त्र भएका चीनका राष्ट्रप्रमुख र भारतका प्रधानमन्त्रीबीचको अनौपचारिक वार्ता विशेष प्राथमिकताको रहे पनि सीको भारत भ्रमण औपचारिक होइन । गतवर्ष चीनको वुहानमा सी र मोदीबीच पहिलो अनौपचारिक वार्ता भएको थियो ।

सीको नेपाल भ्रमण राजकीय भ्रमण हो । यसअघि नेपालका राष्ट्र प्रमुखहरुबाट चीनको राजकीय भ्रमण निरन्तर भइरहे पनि चीनबाट २३ वर्षदेखि हुन सकेको थिएन ।

चीनको विदेश मन्त्रालयले बुधबार विहान पत्रकार सम्मेलन गरेर राष्ट्रपति सीको नेपाल भ्रमण राजकीय हुने जनाएको छ ।

‘राष्ट्रपति सी जिनपिङ भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकमा सहभागी हुनेछन् भने नेपालको राजकीय भ्रमण गर्नेछन्’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले बुधबार बेइजिङ आयोजित पत्रकार सम्मेलनमा भनिन्।

दुई छिमेकको भ्रमणमा चिनियाँ राष्ट्रपति सीले एक एक रात बिताउनेछन् । यसअघि राष्ट्रपति सीले नेपालको एक दिने भ्रमण गर्ने चर्चा गरिएको थियो । सन् २०१२ मा चीनका प्रधानमन्त्री वेन जियाबाओ नेपालको एकदिने भ्रमणको क्रममा ९ घण्टा बसेका थिए ।

यो पनि पढ्नुहोस्


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV