‘सीको भ्रमणले नेपाल–चीन सम्बन्धमा फड्को मार्छ’



काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

डा. भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा बिस्तारका लागि महत्त्वपूर्ण समझदारी हुने पनि बताए । चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ ।

सोही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा डा. भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा बिस्तार, सडक बिस्तार, विद्युतीय लाइन बिस्तारलगायतका कनेक्टिभिटीको क्षेत्र नयाँ आयाम थपिने पनि बताए । उनले राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने दाबी गरे ।

मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने उनको विश्वास छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV