राष्ट्रपति सीको भ्रमणका बेला राष्ट्रिय आवश्यकताअनुसार मात्र सम्झौता गर्नुपर्छ : सहमहामन्त्री महत



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको बेला मुलुकको आवश्यकताअनुसार सम्झौता गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रपति सीको नेपाल भ्रमणको स्वागत गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने उनको भनाइ छ ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुन लागेको हो । राष्ट्रपति विद्या भण्डारीको मत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गर्ने सरकारको तयारी छ । चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने नेपालको दुई दिने राजकीय भ्रमणमा रहने छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV