एनआरएनए सम्मेलनका प्रतिनिधि नेपाल आउने क्रम सुरु



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

एनआरएनएका सचिव जानकी गुरुङले ५० भन्दा बढी देशका प्रतिनिधिहरु नवौं विश्व सम्मेलनमा भाग लिन काठमाडौं आइसकेको जानकारी दिइन् । एनआरएनएको सम्मेलन असोज २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ ।

५५ देशका करिव २ हजार २०० जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने एनआरएनएको अनुमान छ । बिहीबारदेखि सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ता गर्ने क्रम सुरु हुने सचिव गुरुङले बताइन् । उनले २७ गतेसम्म सो सम्मेलनमा सहभागी हुनेहरुको नाम दर्ताको काम सकिने जानकारी दिइन् ।

असोज २८ गते बौद्धस्थित होटल हायात रिजेन्सीमा प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दोस्रो दिन २९ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । ३० गते सो सम्मेलन समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएनले जनाएको छ ।

एनआरएनएले सो सम्मेलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । सचिव गुरुङले सम्मेलन व्यवस्थित ढंगले आयोजना गर्न लागिएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आह्वान गरिन् ।

हरेक वर्ष असोज २४ गतेलाई एनआरएनएले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसर पारेर सो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नयाँ नेतृत्वका लागि कुमार पन्त र कूल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV