चिनियाँ राष्ट्रपतिको भ्रमणअघि प्रधानमन्त्री ओलीले बोलाए पूर्वप्रधानमन्त्रीहरुको बैठक

सी भ्रमण तयारी


SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारबाट हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका छन् । उनले पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र विज्ञहरुसहित बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीको भ्रमण अघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने प्रचलन छ ।


विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बिहीबार बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिए।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्दलगायतलाई आमन्त्रण गरिएको छ । पूर्वपरराष्ट्रमन्त्रीहरु र चीनका लागि पूर्व नेपाली राजदूतहरुलाई समेत आमन्त्रण गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् ।

यो पनि पढ्नुहोस्


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV