प्रदीप ज्ञवालीदेखि कृष्ण भट्टचनसम्मको सुझाव : बिदामा पढ्नैपर्ने ३० किताब


SHARES

  • दीपेन्द्र राई

हिन्दु धर्मावलम्बीले बडादसैँ तथा तिहार धुमधामसाथ मनाउँछन् । नेपालका चाडबाडमध्ये दसैँ बिदा धेरै दिइन्छ । भेटघाट, जमघट, खानपिन र रमाइलो गर्न चाहनेका लागि पनि दसैँ एउटा अवसर हो । दसैँमा राम्रो लगाउने र मीठो खाने परम्परा नेपाली संस्कृतिजस्तै बनिसकेको छ ।

पछिल्लो समय दसैँ तथा तिहारसम्मको लामो बिदालाई अध्ययन र लेखनमा सदुपयोग गर्न चाहने बढिरहेका छन् । यही अवधिमा आफूले चाहेका वा खोजेका पुस्तक पढ्नेहरू बाक्लै भेटिन्छन् । दसैँदेखि तिहारसम्मको लामो बिदामा पुस्तक पढेर सदुपयोग गर्न चाहनेका लागि ‘तपाईंलाई मन परेका कम्तीमा तीन पुस्तक सिफारिस गरिदिनुहोस् न’ भनेर हामीले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई अनुरोध गरेका थियौं । दसजनाले सिफारिस गरेका ३० किताबको सूची प्रस्तुत छ :

डम्बर चेम्जोङ, मानवशास्त्री

१. पिस, पावर एन्ड राइटसनेस : एन इन्डिजिनिअस मेनिफेस्टो : ताइआइएके अल्फ्रेड
२. इन्डियन्स एन्ड एन्थ्रोपोलोजिस्ट्स : भाइन डेलोरिया जर्ज एन्ड द क्रिटिक अफ एन्थ्रोपोलोजी (सम्पादन : थोमस बायोल्सी एन्ड लारी जे जिम्मरम्यान)
३. हु इज अ ब्राह्मिन ? द पोलिटिक्स अफ आइडिन्टिटी इन इन्डिया : गिल्स चुयेन

मोहन मैनाली, पत्रकार

१. कर्नाली ब्लुज : बुद्धिसागर
२. त्यसबखतको नेपाल : सरदार भीमबहादुर पाँडे
३. मैले देखेको नेपाल : डा. हर्क गुरुङ

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

१. आइडिन्टिटी एन भोइलेन्स : अमर्त्य सेन
२. लङ वाक टु फ्रिडम : नेल्सन मण्डेला
३. बदलिँदो नेपाली समाज : चैतन्य मिश्र

हरि रोका, राजनीतिक विश्लेषक

१. त्यसबखतको नेपाल : सरदार भीमबहादुर पाँडे
२. युवाहरूको गीत : याङ्मो
३. झुटा सच : यशपाल

मदन राई, कृषिविज्ञ

१. अन्तरमनको यात्रा : जगदीश घिमिरे
२. सोच : कर्ण शाक्य
३. फ्रम थर्ड वर्ल्ड टु फर्स्ट : लि कुआन यु

राजेन्द्र महर्जन, लेखक/स्तम्भकार

१. क्राइसिस अफ सोसिएलिज्म : नोट्स इन डिफेन्स अफ अ कमिटमेन्ट : रणधीर सिंह
२. पुँजीवादी समाज मे राजसत्ता, राल्फ मिलिबैन्ड, : अनु. आदित्यनारायण सिंह 
३. बदलिँदो नेपाली समाज : चैतन्य मिश्र (सम्पादक : राजेन्द्र महर्जन)

नरहरि आचार्य, पूर्वमन्त्री

१. कम्युनिस्ट : आन्विका गिरी
२. राधा : कृष्ण धरावासी
३. मुलुकबाहिर म : लैनसिंह बाङ्देल

कृष्ण भट्टचन, समाजशास्त्री

१. ह्वाई इथ्निक पार्टिज सक्सिड : कञ्चन चन्द्र
२. अटोनमी, सोभरेन्टी एन्ड सेल्फ डिटरमिनेसन : हर्स्ट हान्नम
३. इन्डियन पिपुल सेल्फ डिटरमाइन्ड डेभलपमेन्ट : टिब्टेब्बा

चन्द्रकिशोर, पत्रकार

१. बदलिँदो नेपाली समाज : चैतन्य मिश्र
२. कर्नाली ब्लुज : बुद्धिसागर
३. आफ्नै आँखाको लयमा : खगेन्द्र संग्रौला

शारदा शर्मा, साहित्यकार

१. ऋग्वेदसंहिता : सम्पादक, डा. प्रसन्नबहादुर गौतम
२. कर्नाली ब्लुज : बुद्धिसागर
३. भुइँफूलको देश : शारदा शर्मा


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV