अभिनेत्री अमिषा पटेललाई पक्राउ गर्न पुर्जी जारी


SHARES

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेललाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध चेक बाउन्सको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

उनीमाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका छन् । आरोप अनुसार अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड रुपैयाँ दिएका थिए ।

उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा अमिषाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । तर, पछि अमिषाले अजयलाई साढे दुई करोडको चेक दिइन् । तर चेक बाउन्स भयो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV