नेकपा सांसद पार्वत गुरुङविरुद्ध अनर्गल प्रचार !


SHARES

काठमाडौं । नेकपाका सांसद पार्वत गुरुङविरुद्ध अनर्गल प्रचार भएको भन्दै प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले घटनाका वास्तविकता सार्वजनिक गरेका छन् ।

स्थानीय चुनावका बेला दोलखाको गौरीशंकर गाउँपालिकामा भएको घटनाका विषयमा अदालतले पूर्जी जारी गरेको भन्दै सहसंयोजक बस्नेतले अदालतमा उपस्थित हुन भनेको स्पष्ट गरेका छन् । नागरिकखबरसँग कुरा गर्दै उनले पक्राउ पूर्जी नभई अदालतमा त्यस घटनाबारे बुझ्न बोलाएको स्पष्ट गरे ।

सो घटनाबारे दिनभर सामाजिक सञ्जालमा भाइरल भएपछि दोलखा नै घर भएका बस्नेतले फेसबुकमा घटनाको सत्यतथ्य भन्दै लामो स्टाटस लेखेका छन् ।

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको गौरीशंकर गाउँपालिकामा युवा नेता कुलबहादुर तामाङको मृत्यु भएको थियो । तामाङको मृत्युपछि दोलखाका तत्कालीन माओवादी नेताविरुद्ध तत्कालीन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी परेको थियो ।

बस्नेतले स्टाटसमा अगाडि लेखेको छन्, 'तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ ।'

उनले घटनाबारे तथ्यबारे स्टाटसमा यस्तो लेखेका छन्-

कोही भ्रममा नपरौं, तथ्य यो हो

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो । माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV