विप्लवको बैठकमा प्रहरी हस्तक्षेप: विप्लवका दाजुसहित २१ जना नेता पक्राउ


SHARES

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । बैठकस्थलबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका २१ जना केन्द्रीय सदस्य तथा राप्ती ब्यूरोका सदस्यहरु गिरफ्तार गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द बीरजंग, राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाठा मगर सुवास र युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीसहितका नेताहरु पक्राउ परेका हुन् । पक्राउ परेका मध्यपश्चिम कमाण्डका इन्चार्ज चन्द विप्लवका दाजु हुन् । 

नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका-४ मुग्रेटाखोला नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो । गएराती १ बजे प्रहरीले विप्लव समूहका २१ जना नेताहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मध्यपश्चिम कमाण्डका इन्चार्जसमेत रहेका विप्लवका दाजू बिरजंग पनि रहेको स्रोतले जनाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि ठाउँ ठाउँबाट नेकपाका झण्डै ६ सय नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । 

यो पढ्नुभयो ?

यी हुन् मध्यरातमा पक्राउ परेका विप्लवका नेता-कार्यकर्ता (सूची)

विप्लव खोज्न पुगेको प्रहरीले दाजुलाई कसरी पक्राउ गर्‍यो ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV