सांसद गुरुङले अपराध गरेकै होइनन् : बस्नेत


SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार बुधबार छ्याप्छ्याप्ती भयो । पछिल्लो समय माननीयहरु एकपछि अर्काे गर्दै पक्राउ परिरहेको सन्दर्भमा गुरुलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि यो प्रकरणले थप चर्चा पायो ।

गत स्थानीय तहको निर्वाचनमा दोलखास्थित गौरीशंकर गाउँपालिकामा कुलबहादुर तामाङको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा सांसद गुरुङको संलग्नता भएको उजुरीपछि अदालतले उनलाई ३५ दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

सांसद गुरुङसँग सम्बन्धित समाचारहरु एकपछि अर्काे गर्दै आउन थालेपछि घटनाका सम्बन्धमा जानकार गणेश बस्नेतले प्रचार भएजस्तो घटना नभएको बताएका छन् ।

हेर्नुस् बस्नेतको स्टाटस :

कोही भ्रममा नपरौं, तथ्य यो हो

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ । यो जानकारी पाएर म र पार्वत दाई प्रहरीमै पुगेर सोधेका थियौं, के आधारमा यस्तो अपराध गर्छ प्रहरीले । तात्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलवस दर्ता भएछ, सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउँछौं, हजुरले अव चिन्ता लिनुपर्दैन भन्नुभयो । अहिले अवकाश पाउनु भएका तात्कालिन एसएसपीले जानीजानी अपराध गर्नुभएछ । गृहमन्त्री र आइजीपीले कानूनमाथि बलात्कार गर्नुभएको त्यही घटनालाई लिएर अहिले अदालतबाट पुर्जी आएको हो । माननीय पार्वत गुरुङले कुनै अपराध गरेको होइन । धेरै मित्रहरुले जानकारी मागेपछि एकमुष्ट जवाफ दिइएको हो । त्यसबेला तात्कालिन माओवादी र एमालेबीचको चरम युद्धको परिणाम हो यो । अहिले दुवै पार्टी छैन, नेकपा छ । घटना भएको दिन काठमाडौंमा हुँदै नभएको इमान्दार र जनताका असल नेताबिरुद्ध गरिएको तात्कालिन गृहमन्त्री, आइजीपी र ती एसएसपीले गरेको अपराध हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV