तिहारमा निशुको कोशेली (भिडियो)


SHARES

काठमाडौं । गायिका निशु ढकालले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनको यो गीत नेपालीको दोस्रो ठूलो चाड तिहार लक्षित छ ।

नजिकिदै गरेको तिहारको कोशेली स्वरुप निशुले 'आयो तिहार लिएर देउसी' बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा नविक के तिमल्सिनाको शब्द संगीत तथा एरेन्ज रहेको छ । गीतको भिडियोमा सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनको नृत्य रहेको छ ।

निशुले थुप्रै गीतमा आवाज दिइसकेकी छिन् । सानैदेखि गायन क्षेत्रमा रुची रहेको बताउने निशु आफ्नो जीवनकालसम्म गीत संगीत क्षेत्रमै सक्रिय रहने बताउँछिन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV