प्रहरी तालिम केन्द्रमै बलात्कार प्रयास, कोठामा बोलाएर जब चुकुल लगाइयो...


SHARES

बाँके । प्रहरी तालिम केन्द्रमै बलात्कारको प्रयास शिर्षकमा आजको कान्तिपुर दैनिकले पृष्ठ १६ मा समाचार छापेको छ ।

निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी र यही बनोबलले प्रहरी प्रशासनमा काम गर्ने सोच बनाएकी उनको त्यस दिन मनमा डर र त्रास मात्र झल्किन पुग्यो ।

एक प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको बताइन् ।

नेपालगन्जको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि सइ बमबहादुर रानाले आफूमाथि करणी प्रयास गरेको बताएकी हुन् ।

असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाए, रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV