एनआरएनए अध्यक्षमा कुमार पन्त निर्वाचित


SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना सम्पन्न भएको छ ।

शुक्रबार बिहानै मत परिणामा आइसक्ने बताइए पनि मतगणनाको क्रममा गए राति फेरि लफडा हुँदा मतगणना केही बेर प्रभावित बन्न पुगेको थियो।

यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । मतगणना सुरु भएदेखि नै उनले अग्रता राख्दै आएका थिए । निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।

अध्यक्ष - कुमार पन्त
उपाध्यक्ष - बद्री केसी
उपाध्यक्ष - अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष - सोनम लामा
उपाध्यक्ष - मन केसी
उपाध्यक्ष - रविना थापा
महासचिव - डा. हेमराज शर्मा
सचिव- गौरी जोशी
सचिव - आरके शर्मा
कोषाध्यक्ष- महेश श्रेष्ठ
सहकोषाध्यक्ष- लोक दाहाल

एनआरएनए उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ र डा. बद्री केसी विजयी

एनआरएनएको निर्वाचन अध्यक्षमा पन्त र महासचिवमा शर्मा विजयी (सूचीसहित)

 
 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV