'विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा हुँदैन' (भिडियो)


SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा नगरिने प्रतिवद्धता जनाएका छन् ।

नेपाल पब्लिक क्याम्पस संघको ११ औँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारको लक्ष्यअनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने दक्ष नेतृत्वलाई पदाधिकारीमा चयन गरिने बताए । ६२÷६३ को आन्दोलनपछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा गर्ने चलन बसेको उल्लेख गर्दे उनले वर्तमान सरकारले भने भागबण्डाको संस्कृतिलाई अघि नबढाउने बताएका हुन् । मन्त्री पोखरेलले शिक्षालाई संविधानले निर्देश गरेको बाटोभन्दा बाहिर नलग्ने पनि प्रतिवद्धता जनाए ।

‘विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरी नेतृत्व प्रस्ताव गरिनेछ । विगतको सन्दर्भमा २०६२÷६३ पछि भागबण्डाको आधारमा पदाधिकारी छनौट गर्ने चलन रह्यो । त्यो चलनलाई अब अगाडि बढाउन सकिँदैन,’ मन्त्री पोखरेललेभने, ‘नयाँ जनादेशलाई सबै संगठनले पक्का पनि अनुभूत गर्नुभएको छ । बुझ्नुभएको छ । विश्वविद्यालयलाई हामीले सोचेको सोच अनुरुप लैजाने गरिनै पदाधिकारी छनौट गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौँ ।’

उनले सरकारले लिने शिक्षा नीतिबारे भ्रममा नपर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे । मार्क्सवादको आलोकमा त्यसैको आधारमा सरकारले शिक्षा नीति बनाउन खोजेको छ कि भन्ने आशंका देखिने गरेको भन्दै उनले त्यस किसिमको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले सामुदायिक क्याम्पसहरुले भोगेको समस्यालाई ध्यानमा राखी सरकारले आवश्यकता र औचित्यका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिवद्धता जनाए । साथै, सामुदायिक क्याम्पसहरुको संस्थापक पहिचान हुन नसक्नु, प्राध्यापक र कर्मचारीहरुको स्तर निर्धारण हुन नसक्नु र उच्च शिक्षामा महत्त्वपूर्ण स्थान ओगटे पनि समयअनुकूल व्यवस्थापन हुन नसक्ने समस्या अझै पनि रहेकाले ती समस्या समाधानका लागि सरकारले पब्लिक क्याम्पस संघसँग समन्वय गरी आवश्यक पहल गर्ने आश्वास दिए ।

सामुदायिक क्याम्पसको शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवश्यकता र संभाव्यताका आधारमा भौतिक पूर्वाधार विकासका लागि पनि सरकारले सहयोग गर्ने आश्वासन दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV