महावीर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना (भिडियो)


SHARES

काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिए ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको अध्यक्ष पुनले बताए ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा छन् । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ ।

त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV