नेपाल आइडल र भ्वाइसका प्रतिस्पर्धीलाई 'ढाक्यो मायाले' (भिडियो)


SHARES

काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ ।

गीतमा बिक्रमसँगै सम्झना पाण्डेको आवाज रहेको छ । सम्झना भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी हुन् ।

माया प्रेमको कथा देखाउने प्रयास गरिएको गीतको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् ।

भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् ।

अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV