फर्जी मतदाता खडा गरेर चुनाव हराइयो: कुल आचार्य (बक्तव्यसहित)


SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं सम्मेलनमा कुमार पन्तसँग अध्यक्ष पदमा पराजित कुल आचार्यले धाँधली गरेर आफूलाई हराइएको गुनासो गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार्दै उनले आफूलाई हराउन सुरुदेखि नै षड्यन्त्र गरिएको दावी गरे ।

काठमाडौंको सचिवालयमा व्यापक अनियमितता भएको जिकिर गर्दै उनले पन्तलाई जिताउनका लागि अन्तिम मतदाता नामावली प्रकाशन नगरि उम्मेदवारी दर्ता गरिएको दावी गरेका छन् ।

आचार्यले भनेका छन्, 'धेरै फर्जी मतदाता तयार गरियो। चुनाव भइसकेपछि खसेको मतको विवरण सार्वजनिक गरिएन। बिनामुचुल्का मतगणना सुरु गरियो। बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको भेट्टियो ।'

आचार्यले नेपाल फर्किसकेका सयौं व्यक्तिलाई मतदाता नामावलीमा समावेश गरी मतदान गर्न लगाइएको पनि बताएका छन् । उनले एनआरएनएको हितका लागि निर्वाचन परिणाम स्वीकार गरेको बताएका छन् ।

हेर्नुस् उनको बक्तव्य

एनआरएनए निर्वाचन: कुन उम्मेदवारले कति मत ल्याएर जिते-कति मतले हारे ? (सूचीसहित)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV