ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु


SHARES

बारा । निजगढ नगरपालिका–१ सिगौंलस्थित धन्सार खोलामा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

खोलामा ढुंगा लोड गर्न गएको ना ६ प ९६८७ नम्बरको ट्रयाक्टर पल्टिँदा चालक निजगढ १ सिगौंलका करिब २८ वर्षीय दशा गुरोको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा मजदुर कृष्ण नेपाली घाइते भएका छन् ।

घाइते नेपालीलाई उपचारका लागि वीरगन्ज पठाइएको र मृतकको शव परीक्षणका लागि चन्द्रपुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक नन्दकिशोर सिंहले जानकारी दिए ।

नगरपालिकाले नदी निकासी र पैठारी रोक लगाए पनि घरयासी प्रयोजनका लागि ढुंगा निकाल्ने क्रममा दुर्घटनामा भएको स्थानीयले बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV