महावीर पुनको आविष्कार केन्द्रलाई नेफिन बहराइनको सहयोग


SHARES

काठमाडौं । नेपाली वैज्ञानिक महावीर पुनको नेतृत्वमा सुरु भएको राष्ट्रिय आविस्कार केन्द्रलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), बहराइनले आर्थिक सहयोग गरेको छ ।

२५औं विश्व आदिवासी दिवसको अवसरमा नेफिनले आयोजना गरेको कार्यक्रममा संकलित एक लाख एक हजार १११ रुपैयाँ आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा नेफिन केन्द्रका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल, तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, वरिष्ठ समाजसेवी तथा तमु सेवा समाज बहराईनका संस्थापक गम गुरुङ, नेफिन बहराईनका सचिव पदम गुरुङको उपस्थिति थियो ।

नेपालमै आविष्कार केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट सहयोग संकलन अभियान जारी छ । सोही क्रममा नेफिन बहराइनले सो सहयोग गरिएको हो ।

वैज्ञानिक पुनको नेतृत्वमा सुरु भएको आविष्कार केन्द्रलाई सघाउन पुर्याउन नेफिन बहराइनले सहयोग गरेको सचिव पदम गुरुङले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV