‘रोपेर फूल गोदावरी, सजाऔँ आँगन वरिपरि(फोटो फिचर)


SHARES

काठमाडौं। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’, यो होर्डिङ बोर्ड होइन । १३औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को नारा हो ।

ललितपुरको जावलाखेल मैदानमा भइरहेको गोदावरी फूल प्रदर्शनी प्रवेशद्धारमा सो नारा राखिएको छ । यो नारा पढेपछि धेरैको मन फूल रोप्ने र सजाउनेतीर उत्साहित हुने छ ।

अहिले जाउलाखेलको खेल मैदानमा भव्य रुपमा १३औँ गोदावरी फूल प्रदर्शनी भइरहेको छ । गोदावरी फूल मेलामा सयौं प्रजातिका फूलहरु प्रदशर्नीमा राखिएका छन् ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गरेको उक्त मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने छ । मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु रहेको छ ।

प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी पूmलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । तिहार तथा छठ पर्वलाई लक्षित गरी प्रदर्शनी आयोजना गरीएको श्रेष्ठको भनाइ छ ।

गोदावरी पूmलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी पूmलकोसमेत प्रदर्शनीमा समावेश गरिएको छ । मेलामा ५० लाखको कारोवार हुने अनुमान गरिएको छ ।

गोदावरी पूmलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV