मानेभञ्ज्याङ कप : शनिबार पाँच खेल सम्पन्न


SHARES

सङ्खुवासभाः सङ्खुवासभाको मानेभञ्ज्याङ्गमा जारी मानेभञ्ज्याङ कप फुटबल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् ।

महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङ्गको खेल मैदानमा भएको पहिलो खेलमा अरुण क्लबले एकता क्लबलाई ४–० ले हराएको थियो । यस्तै‚ दोस्रो खेलमा नवयुग पोखरी विजयी भयो । नवयुग पोखरीले मानेभञ्ज्याङ युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।

तेस्रो खेलमा सित्तलपाटी क्लबले नयाँवजार युथ क्लबमाथि ६–० को फाराकिलो जित निकाल्यो । त्यसैगरी तीन पोखरी युवा क्लबले मिर्मिरेले तामाफोकलाई २–१ ले हराएको थियो । त्यस्तै‚ अन्तिम खेलमा लोहोरुङ क्लब पांमाले चिचिला फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो ।

जिल्ला फुटबल संघ सङ्खुवासभामा आवद्ध १८ टिमसहित मोरङ र सुनसरीका एक–एक क्लबको सहभागिता रहेका प्रतियोगिताको फाइनल कात्तिक ६ गते हुनेछ ।

प्रतियोगिताका विजेताले नगद नगद १ लाख‚ उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, सान्त्वना दुई टिमले जनही २० हजार रुपैयाँ‚ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV