होमस्टेले फेरिएको अमलटारीवासीको जीवन


SHARES

  • लोक गुरुङ

नवलपुर । छ वर्षअघिसम्म अमलटारी नवलपुरका धनीराम थारुसँग जीविकोपार्जनका लागि खेतीपाती गर्नुको विकल्प थिएन । निरन्तर आम्दानीको स्रोत थिएन । खेतीपातीको सिजनबाट अन्य समय त्यतिकै खेर जान्थ्यो ।

तर, २०७० सालमा गाउँमा होमस्टे सुरु भएपछि भने उनको जीवनमा परिवर्तन आएको छ । गाउँमा अरुको जस्तै उनको घरमा पनि होमस्टे राखियो । उनको परिवारले घरका दुईवटा कोठामा होमस्टे चलाउँछन् । त्यहीबाट सिजनमा मासिक करिब ३० हजार रुपैयाँ आम्दानी गर्दछन् । अफ सिजनमा पनि केही व्यापार भएकै हुन्छ । पहुनाका लागि चाहिने कुखुरा, हाँस आफैँ पालेका छन् । अलिअलि भएको खेतकै चालमले पाहुना र घरपरिवारलाई पुगेकै छ ।

यस गाउँमा धनीरामजस्तै होमस्टेबाट घर चलाउने परिवार प्रसस्तै छन् । आर्थत्, अमलटारी अहिले फेरिएको छ र होमस्टेले स्थानीयको जनजीवन सहज बनाइदिएको छ ।

फेरियो जीवनशैली

२०७० सालमा अमलटारीमा होमस्टे सुरुवात गर्ने श्रेय प्रेमशंकर मर्दनिया थारुलाई जान्छ । उनले नै अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे समिति बनाएर होमस्टे सुरु गरेका हुन् ।

चित्तवन राष्ट्रिय निकुञ्ज छैवैमा रहेको यो गाउँलाई कुनै न कुनै रुपमा विकास गर्न सकिन्छ भन्ने सोंचमा थिए प्रेमशंकर । २०६५ सालदेखि नै विभिन्न संघसस्था र वनसम्वन्धी कार्यक्रमहरुमा सहभागी हुने क्रममा उनले गण्डकी प्रदेशका पहाडी जिल्लामा चलिरहेको होमस्टेबारेमा जानकारी पाए । यसबारे बुझ्ने थाले । र, पाँच वर्षपछि गाउँमा होमस्टे खोल्नुपर्छ भन्दै घरघर चाहरे । होमस्टे सञ्चालनमा आएपछि गाउँलेको जीवन शैली फेरिएको उनको भनाइ छ।

‘अहिले गाउँका मनिसको जीवन जिउने तरिका नै फरक भएको छ,’ उनी थप्छन्, ‘आनीबानी, बोलीचाली र सरसफाइमा आकाश जमिनको फरक पाएको छु ।’ पहिले फोहोर हुने ठाउँहरु सरसफाइ गरिएका हुन्छन् । दैनिकजसो पहुना आउन थालेपछि बोलीवचनमा सुधार भएको छ । जीवनस्तरमा पनि सुधार भएको प्रेमशंकर बताउँछन् ।

‘पहिले एउटा मोटरसाइकल र टेलिभिजन भएको घर पाउन गाह्रो हुन्थ्यो । अहिले सबै घरमा यो सुविधा छ,’ अध्यक्ष थारु भन्छन्, ‘म आफैँलाई अचम्म लाग्छ, सुरुमा मेरोविरुद्ध लाग्थे, गाउँ बिगार्न लाग्यो भन्थे । अहिले तिनै मान्छे होमस्टे चलाइरहेका छन् । म आफैँलाई कथा जस्तो लाग्छ ।’

पाहुनको सत्कारमा मौलिक संस्कृति र परिकार

अमलटारी होमस्टेका मुख्य आकर्षण थारु जातिको संस्कृति र मौलिक परिकार नै हो । पहुनाको इच्छाअनुसार थारु जातिको मौलिका परिकारहरु सबै हामेस्टेमा उपलब्ध हुन्छन् ।

घाेंगी र हाँसको छोयला अहिले पहुनाको रोजाइमा पर्ने परिकार हुन् । माछाका विभिन्न परिकारमा रमाउने चाहनेको पनि कमी छैन । हरेक साँझ सांस्कृतिक कार्यक्रमबाट थारु संस्कृतिबारे पहुनाले थप बुझ्न पाउँछन् लाठी, झर्रालगायतको थारुनाच आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ । बोटे समुदायको बोट नाचले पनि पहुनालाई मनोरञ्जन दिएकै हुन्छ । थारु समुदायको ९० संस्कृति होमस्टेमा उपलब्ध रहेको अध्यक्ष प्रेमशंकरले बताए ।

प्रकृतिसँग आनन्द

होमस्टेमा अर्को आर्कषण बनेको पाटो प्राकृतिक आनन्द हो । विश्वमा दुर्लभ एक सिंगे गैंडा होमस्टबाट नजिकै जंगल सफारीमा सजिलै देख्न पाइन्छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेकाले बाघ, हात्तीलगायतका वन्यजन्तु दृश्यअवलोकन गर्न सकिन्छ ।

यस्तै, मयुरलगायतका पंक्षीहरुले पर्यटकलाई लोभ्याएकै हुन्छ । यसबाहेक नारायाणी नदीमा ढुंगा सयर, जंगलमा पैदल यात्रा, बयलगाडा र थारु सांस्कृतिक संग्रहालय पनि यहाँको आर्कषणको केन्द्र हुन् । गण्डकी प्रदेश सरकारले हालै बाघ र चित्तलको मूर्तिहरु पनि निर्माण गरिदिएको छ ।

स्थानीय रोजगारीको प्रवर्द्धन

२०७० सालमा सुरु गर्दा २० घरबाट सुरु भएको यो होमस्टेमा अहिले ३१ घरमा सञ्चालित छन् । प्रत्येक घरमा होमस्टेका लागि २ वटा कोठा छुट्याइएका छन भने प्रत्येक कोठामा २ जना बस्न मिल्ने बनाइएको छ । प्रत्येक कोठामा ट्वाइलेट बाथरुम अनिवार्य छ । होमस्टेका लागि समितिले मापदण्ड बनाएको छ । होमस्टेमा पुग्ने पहुनालाई समेत समितिले समन्वय गर्छ ।

होमस्टे सुरु भएपछि रोजगारी सिर्जना भएको समिति अध्यक्ष थारु बताउँछन् । माछापालन, हाँसपालन व्यावसायिक रुपमा सुरु भएका छन् । १२ जना महिलाहरु हस्तकलासम्बन्धी वस्तु उत्पादन गरिरहेका छन् । मायोको चिनो, अमलटारीको चिनो र थारुको विभिन्न चिनारीहरु पहुनाहरुले नै किन्ने गरेका छन ।

सर्वसुलभ मूल्य

अमलटारी होमस्टे थोरै रकममा रमाउन सकिने होमस्टे हो । दुई जना सुत्न मिल्ने कोठाको शुल्क ६०० रुपैयाँ लाग्छ । यसमा ट्वाइलेट र बाथरुम जोडिएको हुन्छ ।

खाना पनि सर्वसुलभ मूल्यमा उपलब्ध हुन्छ । मासुसहितको खानाको २५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । सादा खाना १२० रुपैयाँमा उपलब्ध हुन्छ । बिहानको खानाका लागि लागि प्रतिव्यक्ति १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यीबाहेक तपाईले विभिन्न स्थानीय परिकारहरु अर्डर अनुसार खान सक्नुहुन्छ ।

कसरी जाने ?

अमलटारी पुग्न पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायाणगढ सडकखण्डमा पर्ने डण्डा हुँदै जानुपर्छ । डण्डा ६ किलोमिटर दक्षिणतर्पm कही पक्की त कही कच्ची सडकहरु बनेका छन् । डण्डाबाट अमलटारीका लागि लोकल बस पनि लाग्ने गर्छ ।

दीर्घकालीन लक्ष्य

यस क्षेत्रको पिछाडिएको क्षेत्रका रुपमा लिइने अमलटारीमा होमस्टे सुरु भएपछि कोवासोती शहरकै तुलनामा गनिन थालेको छ । स्थानीय समितिले दीर्घकालीन रुपमा यसलाई विकसित गर्न विभिन्न योजना समेत बनाइरहेका छन् । यसका लागि तीन वटा पिलरमा काम भैरहेको अध्यक्ष थारुको भनाइ छ ।

समाजिक, आर्थिक र वाातावरणीय पक्षलाई सँगै लैजाने समितिको योजना छ । गाउँका २१२ घरधुरीका कम्तीमा एक सदस्यलाई रोजगारी उपलब्ध गराउने लक्ष्य समितिको छ । गण्डकी प्रदेशको तराई क्षेत्र भएकाले प्रदेशले समेत महत्व दिएको छ । प्रदेशको सन २०२२ सम्ममा २० लाख पर्यटक पु¥याउने लक्ष्यमा अमलटारीले महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV