विद्यार्थी र शिक्षकसँगै नेकपा नेता नेपाल सरसफाईमा


SHARES

काठमाडौं । बागमती सफाई अभियान सुरु भएसँगै मनोहरा नदी तथा नदी किनार सरसफाई अभियान सुरु भएको १३५औं हप्ता पूरा भएको छ।

हरेक शनिबार सफाई अभियान सुरु गरिएको १३५औं हप्ता पूरा भएको हो । सफाई अभियानको १३५ दिनमा कोटेश्वर सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलका शिक्षक, शिक्षिका र विद्यार्थीहरु पनि सफाई अभियानमा सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए ।

सफाई कार्यक्रममा स्थानीयबासीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सहभागी थिए । नदी मानव सभ्यताकै उद्गमस्थल भएकाले नदी सफा राख्न विगत केही वर्षदेखि देशभर विभिन्न अभियान नै संचालन गरिएको छ। यही क्रममा सुरु भएको मनोहरा नदी सफाई अभियानमा समाजिक संस्था र शैक्षिक संस्थाहरु पनि थपिँदै गएका छन् ।

सोही सफाई अभियानलाई निरन्तरता दिने क्रममा सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलले पनि सफाई अभियानमा सहभागिता जनाएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV