सरकारसँग मुलुक समृद्ध बनाउने सैद्धान्तिक आधार नै छैन : मैनाली


SHARES

काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन् ।

महासचिव मैनालीले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनी सरकारलाई प्रश्न गरे । शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा उनले सरकारले ठूलठूला कुरा गरे पनि मुलुकलाई सही बाटोमा अघि बढाउन नसकेको आरोप लगाए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, मुलुकमा दिगो आर्थिक विकासको ठोस कदम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV