करेन्ट लागेर एकजनाको मृत्यु


SHARES

दाङ । करेन्ट लागेर शनिबार यहाँ एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरकाअनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

आफ्नै घरमा मोटर लगाएर कुवाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV