लभ यु हमेशाको ट्रेलर सार्वजनिक, नेपाल र भारतमा फिल्म रिलिज


SHARES

काठमाडौं । फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।

फिल्म कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि (१५ कार्तिकमा) भारतमा प्रदर्शन हुनेछ ।

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ ।

फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स फिल्म घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकित कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् ।

फिल्ममा प्रमुख अभिनेता यशराज गरच, अभिनेत्री फिजा योन्जन, ऋचा थापा तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतको अभिनय छ ।

निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV