‘पाकिस्तानको गोलाबारीका कारण’ दुईजना भारतीय सैनिकको मृत्यु


SHARES

एजेन्सी । जम्मु कश्मीरस्थित कुपवाडामा भएको गोलाबारीका कारण दुईजना भारतीय सैनिकको मृत्यु भएको छ ।

भारतीय मिडिायले उक्त गोलाबारी पाकिस्तनले गरेको दाबी गरेका छन् । ‘पाकिस्तानको तर्फबाट राति १० बजे गोलाबारी सुरु भयो जुन विहान ४ बजेसम्म जारी सह्यो,’ जी न्युज डटकम लेख्छ, ‘पाकिस्तानी गोलाबारीमा दुई सैनिक सहिद भएका छन् । त्यस्तै एकजना नगरिकको पनि मृत्यु भएको छ ।’

‘पाकिस्तानले जम्मु कश्मीरको कुपवाडा जिल्लको तंगधार सेक्टरमा संघर्षविरामको उल्लंघन गरेको छ,’ आजतकले यससम्बन्धी समाचार प्रकाशित गर्दै उल्ल्ेख गरेको छ, ‘पाकिस्तनको तर्फबाट भएको फाइरिङमा परी थप तीनजना नागरिक घाइते भएका छन् ।’

(प्रतिकात्मक तस्बिर)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV