३१ वर्षदेखि फरार रहेका तीनजना अभियुक्त पक्राउ


SHARES

गाइघाट । इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डी गढी नगरपालिका–१ का ६८ वर्षीय सोभितमान श्रेष्ठ, सोही स्थानका ५२ वर्षीय प्रकाश माझी र ६१ वर्षीय दलबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार उनीहरुलाई पक्राउ गरिएको बुढामगरले बताए ।

२०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ ।

तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै कैद फैसला सुनाएको भए पनि ती अभियुक्तहरु फरार रहँदै आएका थिए । गोप्य सूचनाको आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रनै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV